पासपोर्ट किर्ते गर्ने अधिकारी ६ वर्षपछि प्रकाउ
पाेखरा | कात्तिक १५, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी (पासपोर्ट) किर्ते सम्बन्धी मुद्धामा फरार रहेका नगेन्द्रराज अधिकारीलाई ६ वर्षपछि प्रकाउ गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका २ सेराचौर बस्ने ४६ वर्षीय अधिकारीलाई राहदानी किर्ते सम्बन्धी मुद्धामा कास्की प्रहरीले ६ वर्षपछि प्रकाउ गरेको हो ।
कास्की प्रहरीका अनुसार अधिकारीले आफ्नै भाईको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात प्रयोग गरि साइप्रस गएका थिए । त्यही बसोबास गरि केही समयपछि संयुक्त राज्य अमेरिका पुगेका थिए । हाल उनी नेपाल आउँदा प्रकाउ परेका हुन् ।
प्रकाउ परेका अधिकारीलाई जिल्ला अदालत कास्कीबाट राहदानी किर्ते सम्बन्धी असुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

